१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार १८:५७:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

बखतबहादुर शाहीको ‘भ्या’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १८:५७:oo

साहित्यकार बखतबहादुर शाहीको कर्णालीको धर्म र संस्कृतिमा आधारित सामाजिक उपन्यास ‘भ्या’ काठमाडौंको संवाद डबलीमा शनिबार लोकार्पण गरिएको छ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, सभासद रिता शाही, सांसद प्रतिमा गौतम, समिक्षक राजकुमार बानिया, शंकर तिवारी, सुमन वर्षालगायतले संयुक्तरुपमा पुस्तक लोकार्पण गरेका हुन्।

बखतबहादुरको तेस्रो साहित्यीक कृति ‘भ्या’ लोकर्पण गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन शाहीले कर्णाली हरेक हिसाबले धनी रहेको बताए। कर्णालीको वास्तविक रुप उपन्यासमा चित्रण भएको यो पुस्तक ऐतिहासिक कृति रहेको शाहीले बताए।

समिक्षक राजकुमार बानियाले उपन्यासले हुम्ला र कर्णालीको समाजलाई बुझ्न सघाउने बताए। समिक्षक सुमन वर्षाले सो पुस्तकलाई अध्ययन गरेपछि हुम्ला र कर्णालीका महिलाहरुको वास्तविकता चित्रण भएको तथा त्यसभित्र सकारात्मक र नकारात्मक दुवै पक्ष झल्किएको बताइन्।

समिक्षक शंकर तिवारीले उपन्यासले हुम्लाको भाषा र सांस्कृतिक पक्षलाई उजागर गरेको र कर्णालीको वास्तविक समाज बुझ्न सघाउ पुग्ने बताए। शिखा बुक्सद्वारा प्रकाशित उपन्यासको मूल्य ५२५ रहेको छ।