१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार १८:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोलिफर्म भेटिएका ११ ब्रान्डको पानी बिक्री वितरण गर्न रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १८:४२:oo

काठमाडौं महानगरपालिकाले फिकल कोलिफर्म भेटिएपछि विभिन्न ११ ब्रान्डका पानीको विक्री वितरणमा रोक लगाएको छ। विक्रीमा रोक लगाइएका हरेकलाई दुई लाख रुपैयाँ जरिवाना गर्ने महानगरले निर्णय भएको छ।

कोलिफर्म भेटिएको पानीको नमूना सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन र प्रतिवेदनमा फिकल कोलिफर्म शुन्य देखिएपछि मात्रै पुनः विक्री वितरण गर्न महानगरले भनेको छ।

भदौ १२ गतेदेखि २८ गतेसम्म महानगरका विभिन्न स्थानहरुबाट २० वटा पानीको नमूना लिइएको थियो। त्यसबाहेक उपभोक्ताले गुनासो गरेपछि थप एउटाको नमूना संकलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको महानगरले जनाएको छ।

प्रति १ सय मिलिलिटर नमूना परीक्षणमा कोलोनी फर्मिङ् युनिट (सिएफयु) मापदण्डविपरीत देखिएको हो। कोलोनी फर्मिङ् युनिट (सिएफयु) सुक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने एकाइ हो। खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । फिकल कोलिफर्म दिशामा पाइन्छ । 


फ्रेस ड्रप, अक्वा पिस, अक्वा टोखा, कोलभोतेश्वर, अक्वा डिवी, अकुवा, क्युब प्रोसेस ड्रिङिकङ् वाटर, अक्वा माइल्ड, अक्वा कपन, अक्वा गौरीशंकरलगायत ब्रान्डका पानी विक्रि वितरणमा रोक लगाइएको महानगरले जनाएको छ।