१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
२o८१ असोज १३ आइतबार १८:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विस्थापितलाई आवासको प्रबन्ध गर्ने प्रक्रिया अघि बढाउने सर्वदलीय बैठकको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १८:१७:oo

सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढीपहिरोबाट घरवास गुमाएकाहरूको पुनर्स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

बाढीपहिरोपीडितको पुनर्स्थापनाका लागि आवासको प्रबन्ध गर्न राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा सहरी विकास मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने बैठकले निर्णय गरेको हो।

बाढीका कारण क्षतिग्रस्त पूर्वाधार र कृषि तथा पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरी पुनर्निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाउने तथा सबै राजनीतिक दलहरू, तीनै तहको सरकार र निजी क्षेत्रसमेतको समन्वयमा उद्धार, राहत र पुनर्स्थापनाको काम गर्ने निर्णयसमेत भएको छ।

यसैगरी, सर्वदलीय बैठकले घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउनेलगायतका निर्णयसमेत गरेको छ।