१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार १७:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादीको एसिया संगठन समितिद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १७:४६:oo

नेकपा (माओवादी केन्द्र)को एसिया संगठन समितिले बाढीपहिरोपीडितका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ।

समितिका इन्चार्ज पम्फा भुसाल, सहइन्चार्ज ओम शर्मा र संगठनकाे कार्यालयका मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन्।

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिए। बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशव्यापी रूपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उनले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गरे। 

मानवीय विपद्को मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै प्रचण्डले पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्तालाई आग्रह गरे।