१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार १७:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न राप्रपाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १७:४o:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न सुझाव दिएको छ। आइतबार बसेको सर्वदलीय बैठकमा राप्रपाले विपद्को समयमा भाडादर बढाउने हवाई सञ्चालकलाई कारबाही गर्न सुझाव दिएको हो।

बैठकपछि बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले बैठकमा पार्टीले आठबुँदे सुझाव दिएको जानकारी दिए। 

‘विपद्को समयमा हवाई भाडादरमा कालोबजारी गर्ने मनलाग्दी लुट्नेलाई कारबाही गर भनेर हामीले सुझाव दिएका छौँ‚’ उनले भने।

साथै, उनले रात्रिकालीन बस सञ्चालन नगर्ने निर्णय भए पनि झ्याप्ले खोलामा मानिसहरूको ज्यान जाने गरी सवारी चलाइएको विषयमा पनि प्रश्न उठाइएको बताए।

‘सरकारले दुई दिनअगाडि रात्रिकालीन बस नचलाउने निर्णय गरेको थियो। सरकारको काम निर्णय कार्यान्वयन गराउने हो नि‚’ उनले भने‚ ‘झ्याप्ले खोलामा मानिसहरूले ज्यान गुमाए। सरकारको निर्णय अटेर गर्ने सम्बन्धित निकायलाई कारबाही हुनुपर्छ।’