मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ जेठ ११ शनिबार १४:३५:००
Read Time : < 1 मिनेट
खेलकुद

उपराष्ट्रपति कप छनौट चरणकाे खेलमा सहभागी खेलाडीसँग रकम संकलन 

Read Time : < 1 मिनेट
२०७६ जेठ ११ शनिबार १४:३५:००

उपराष्ट्रपति कप छनौट चरणका खेलको लागि रुपन्देहीमा खेलाडीहरुसँग रकम संकलन गरिएको छ । 

रुपन्देहीमा ताईकाण्डोका ९० जना र करातेका ९५ जना खेलाडीबाट दुई हजार रुपैयाँको दरले रकम संकलन गरिएको छ । जसमा सरकारी विद्यालयका खेलाडीहरुबाट एक हजार रुपैयाँ र निजी विद्यालयका खेलाडीसँग दुई हजार रुपैयाँका दरले रकम उठाइएको छ । 

केन्द्रले पठाएको रकमबाट छनौट चरणका खेलहरु सम्पन्न गर्न नसकिने भन्दै रकम संकलन गरिएको आयोजकले जनाएको छ । सरकारले खेलाडी छनौटको लागि एक लाख बिस हजार रुपैयाँ पठाएको थियो, त्यसले नपुग्ने भएकाले सहयोग स्वरुपमा केही रकम संकलन गरिएको जिल्ला खेलकुद समिति रुपन्देहीका कार्यालय प्रमुख संगम थापाले बताए । 'हामीले कुनै पनि खेलाडीहरुलाई करकाप गरेका छैनौ स्वस्फुर्त आएको सहयोग लिएका हौ', थापाले भने । 

खेलाडी छनौट चरणमा अफिसियल धेरै भएकाले र खेलाडीहरु पनि धेरै भएकाले खाना खुवाएरै दिनभर छनौट गर्नु पर्ने भएकाले रकम संकलन गरिएको कार्यालय प्रमुख थापाले बताए । रुपन्देहीबाट कवडीमा २, एथ्लेटिक्समा १०, टेवलटेनिसमा २, ताईकाण्डौमा ६, करातेमा ६, र उसुमा ६ खेलाडी छनौट भएका छन् । छनौट चरणमा तीन सय पचास भन्दा बढी खेलाडीले सहभागीता जनाएका थिए ।'

प्रतियोगितामा सहभागी एक सय पच्चासी खेलाडीबाट करिब तीन लाख रुपैयाँ रकम संकलन गरिएको छ ।