१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
२o८१ असोज १३ आइतबार १६:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से २२ अंकले घट्दा कारोबार रकम चार अर्बमा खुम्चियाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १६:१३:oo

यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। कारोबार रकम पनि घटेको छ।

आज परिसूचक २२.३६ अंकले घटेर दुई हजार चार सय ६४.४० को विन्दुमा कायम भएको छ। आज ३२७ कम्पनीको एक करोड तीन लाख ११ हजार आठ सय ८५ कित्ता सेयर ५८ हजार चार सय एकपटक खरिद–बिक्री हुँदा कारोबार रकम रु. चार अर्ब पाँच करोड ६ लाख ५८ हजारमा खुम्चिएको छ। नेप्सेमा आज भएको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो।

आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक १.०३ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी व्यापार समूह २.९७ र जलविद्युत् समूह २.३६ प्रतिशले घटेको छ। बैंकिङ ०.७४, विकास बैंक ०.८९, वित्त १.९१, होटेल तथा पर्यटन १.४७ र लगानी समूह १.४० प्रतिशतले घटेको छ। त्यस्तै, जीवन बिमा समूह ०.३१, म्युचुअल फन्ड १.२१, निर्जीवन बिमा ०.१५ र अन्य समूह १.०२ प्रतिशतले घटेको छ।

आजको कारोबारमा ४६ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज सबैभन्दा बढी ६.६६ प्रतिशतले बढेको छ। सबैभन्दा बढी घट्नेमा अपर स्याङ्जे हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत रहेको छ। 

आज सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनीको रु. १५ करोड ९२ लाख ३० हजार ८२० बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा अपी पावर कम्पनी लिमिटेडको चार लाख ८७ हजार ४४१ कित्ता सेयर किनबेच भएको छ। रासस