१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार १६:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १४८ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १६:o३:oo

बाढीपहिरो र डुबानबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ। आइतबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार मृतकको संख्या १४८ पुगेको नेपाल प्रहरीले जनाएको छ।

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी अझै ५५ जना बेपत्ता छन्। हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको र १०१ जना घाइते रहेका प्रहरीले जनाएको छ।

बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध रहेको जानकारी दिँदै प्रहरीले लामो यात्रामा निस्कनुअघि सम्बन्धित जिल्ला वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।