१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार १५:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दिल्ली विमानस्थलमा पक्राउ परेका ढोरपाटनका मेयरलाई काठमाडौं ल्याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १५:o४:oo

सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रहरीले काठमाडौं ल्याएको छ।

मेयर नेपालीसहित सोही ठगी मुद्दामा फरार रहेका ओमबहादुर दर्जीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसपी होबिन्द्र बोगटीले बताए। 

उनीहरूविरुद्ध एक अर्ब ३८ करोड ठगीको अभियोग छ। दुवैलाई जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको सिआइबीले जनाएको छ। उनीहरूमाथि सूर्यदर्शन सहकारीको ठगीमा पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ।

लन्डनबाट फर्कने क्रममा नेपालीलाई दिल्ली विमानस्थलको अध्यागमनले शुक्रबार पक्राउ गरेको थियो। इन्टरपोलको समन्वयमा त्यहाँको सुरक्षा निकायले उनलाई नेपाल निष्कासन गरेको थियो।