१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार १४:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेलिकाेप्टरबाट १६१ जनाको सकुशल उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १४:५३:oo

गृह मन्त्रालयले शनिबार र आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकोप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेका १६१ जनाको सकुशल उद्धार गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आइतबार बिहानदेखि काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए।

खराब मौसमका कारण शनिबार नै हेलिकाेप्टर त्यहाँ पठाइए पनि उद्धार गर्न असहज भएको थियो। काभ्रेपलाञ्चाेकमा अहिले नेपाली सेनाका तीनवटा हेलिकोप्टरले उद्धार कार्य जारी राखेको छ। 

प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपतकाे जोखिममा रहेका नागरिकहरूलाई सेनाले लगातार हवाई उद्धार गरिरहेको बताए।

त्यसैगरी शनिबार काठमाडाैं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाई उद्धार गरिएको थियो।
गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए।

गृह मन्त्रालयको तथ्यांकअनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन्।