१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार १४:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीपहिरोपीडितलाई कांग्रेसले ५० लाख सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १४:२६:oo

नेपाली कांग्रेसले बाढी र पहिरोपीडितको उद्धार र राहतका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

आइतबार बुढानीलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघीय सांसदहरूको १५ दिनको पारिश्रमिकसमेत गरी ५० लाख सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो।

यसैगरी कांग्रेसले हरेक वर्ष गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने निर्णय गरेको छ। ‘कोजाग्रत पूर्णिमाका दिन नियमित रूपले आयोजना गरिँदै आएको चियापान कार्यक्रम, प्राकृतिक विपतका कारण यो वर्षका लागि स्थगित गर्ने निर्णय यो बैठक गर्दछ,’ सार्वजनिक निर्णयमा भनिएको छ।

साथै कोजाग्रत पूर्णिमासम्मलाई कांग्रेसको ‘१०० दिने विशेष अभियान’समेत स्थगित भएको छ।