१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार १३:५८:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

युवा कवि एसडीको ‘दोधार’ कवितासंग्रह र ‘आँसु लुकाऊँ कसरी’ गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १३:५८:oo

युवा कवि एसडी (डा. इ. शंकर ढकाल)को ‘दोधार’ कवितासंग्रहभित्रको एउटा सिर्जना ‘आँसु लुकाऊँ कसरी’ बोलको गीत सार्वजनिक भएको छ । जसमा नेपाल आइडल सिजन– ५ का विजेता गायक करण परियारले स्वर दिएका छन्।

गीतमा शब्द रचना तथा कन्सेप्ट कवि ढकालको नै रहेको छ भने संगीत संयोजन कर्ण सञ्ज्यालले गरेका हुन् । केशव बडुको एरेन्ज रहेको यस गीतको छायांकन तथा निर्देशन देवराज आचार्यले गरेका छन् ।

भिडियोमा मोडल डा. ढकाल र मिसटिन युनिभर्स नेपाल, २०२१   श्रीयंका थापा (कवि सिन्दुरको रूपमा) को अभिनय रहेको छ । साथै बाल कलाकार अध्यात्मिक ढकाल र अन्य कलाकार कर्ण सञ्ज्याल, निर्मला ढकाल आदिको पनि अभिनय रहेको छ । 

गीतको भिडियो सम्पादन हिम्मतसिंह चैसिरले गरेका हुन् । गीतको म्युजिक भिडियोलाई Dr. Eng. Shanker Dhakal  नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गत शुक्रबार वरिष्ठ कवि प्रा. तुलसी दिवसको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी दोधार र आँसु लुकाऊँ कसरीको विमोचन गरिएको थियो। दोधार पुस्तकमा समाज रूपान्तरण र माया प्रेम अनि बिछोडबाहेक इन्जिनियरिङसँग सम्बन्धित पनि धेरै कविता छन्। 

 कार्यक्रममा सांसद तथा युवा कवि डा. तोसिमा कार्की, एनआरएन अभियन्ता भीम उदास, नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकाल, नास्टका पूर्वउपकुलपति तथा जुआनका अध्यक्ष डा. सुनिलबाबु श्रेष्ठलगायत सहभागी थिए।