१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
सौरभ यादव राजविराज
२o८१ असोज १३ आइतबार १३:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोबरगाढा टापुमा कोशीको बाढी पस्यो, २५० जना असुरक्षित

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १३:४३:oo

चारैतिरबाट कोशी नदीले घेरिएको टापु भनेर चिनिने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १३ स्थित गोबरगाढा टापुमा कोशीको बाढी पसेको छ।

कोशीको मध्यभागमा रहेको  गोबरगाढाबस्तीमा आइतबार बिहानदेखि बाढी पसेपछि जलमग्न भएको छ। गोबरघाट टापुमा कोशीको बाढी पसेको हनुमाननगर कंकालिनी नगरपालिका– १३ का वडाध्यक्ष कुशेश्वर यादवले जानकारी दिए।

‘घरहरूमा अहिले दुईदेखि चार फिटसम्म पानी  बगिरहेको छ,’ उनले भने, ‘बस्तीमा महिला, बालबालिकासमेत गरी २५० जना रहेका छन्।’

गोबरगाढाका हरेक घरमा कोशीको पानी पसेको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताए। उनले भने, ‘बस्तीमा पानी पसेपछि उद्धारका लागि सयजनासम्म बोक्न सक्ने डुंगा पठाइएको छ।’

सप्तरीका सिडिओ मेखबहादुर मग्रातीले गोबरगाढाबस्तीमा पानी पसेको सूचना आएको र नागरिकलाई सुरक्षित गर्न समन्वय भइरहेको बताए।