१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार १३:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १३:२३:oo

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबार दिउँसो चीनबाट स्वदेश फर्किएका छन्।

भीषण बाढी र पहिरोले जनधनमा ठुलो क्षति पुर्‍याएकोमा दुःख व्यक्त गर्दै अर्थमन्त्री पौडेलले सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताए।

उनले अहिलेको परिस्थितिलाई सबै एकजुट भएर सामना गर्ने बताउँदै आ–आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरे।

अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री ही लिफेङको निमन्त्रणामा असोज ७ गते चीन गएका थिए।