१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार १२:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेसनल लाइफले गर्‍याे गण्डकी प्रदेशका अभिकर्तालाई सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १२:२९:oo

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखराको होटेल ल्यान्डमार्कमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

आर्थिक वर्ष ०८०/८१ मा तोकिएको बिमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२५ भन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरेको कार्यक्रममा गण्डकी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो। गण्डकीबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले गण्डकी प्रदेशबाट ‘नेसनल रत्न’ हुन सफल अभिकर्ताहरूलाई पनि नेसनल लाइफ लोगोअंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए।

समारोहमा सिइओ क्लब सदस्य र नेसनल रत्नबाट सम्मानित बिजनेस लिडरहरूले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मिहिनेतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए।