१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ असोज १३ आइतबार १२:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हात्तीको आक्रमणबाट लालझाडीमा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १२:२१:oo

जंगली हात्तीको आक्रमणमा परेर कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ। गएराति हात्तीको बथानको आक्रमणमा परेर लालझाडी गाउँपालिका– ४ डाँगाजाईका ५० वर्षीय रामदल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले जानकारी दिए।

प्रवक्ता जोशीका अनुसार शनिबार राति हात्तीको बथान लालझाडी वन हुँदै डाँगाजाई गाउँ प्रवेश गरेको थियो। ‘हात्ती धपाउने क्रममा भागदौड मच्चिएर राना हराएका थिए,’ प्रवक्ता जोशीले भने, ‘राति खोज्दा भेटिएन्, बिहान उखुबारीमा हात्तीले कुल्चिएको अवस्था फेला परेका छन्।’

हात्ती धपाउने क्रममा स्थानीय ३५ वर्षीय नियानन्द राना सामान्य घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको र घरेलु उपचार गरिरहेको स्थानीयले बताए। कञ्चनपुरमा पछिल्लाे एक दशकयता हात्तीको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या बढिरहेको छ।