१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
२o८१ असोज १३ आइतबार १२:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेमा हेलिकोप्टरबाट उद्धार गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १२:o८:oo

अविरल वर्षाका कारण समस्यामा परेका मानिसलाई काभ्रेमा हेलिकोप्टरबाट उद्धार भइरहेको छ। जिल्ला विपत् व्यवस्थापन समितिको आग्रहमा तीनवटा हेलिकोप्टरबाट उद्धारको कार्य जारी छ।

रोशी खोलामा अलपत्र परेका मानिस तथा बिरामीहरूको सेनाको हेलिकाेप्टरबाट उद्धार भइरहेको छ। एकपटक धुलिखेलमा मान्छे ओरालेर हेलिकोप्टर पुनः गएको छ।

रोशीमा करिब दुई सयभन्दा बढी व्यक्ति अलपत्र परेका छन्। रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा आफैँ फिल्डमा खटेर उद्धारमा लागेका बताइएको छ।

त्यसैगरी, चौरीदेउराली गाउँपालिका र पनौती– १२ बाट तीनजनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। बिरामी रहेकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।