१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ११ शुक्रबार
  • Friday, 27 September, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ असोज ११ शुक्रबार १९:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

काठमाडौं जिल्लास्तरीय नकआउट लिग फुटबल : दक्षिणकाली र चित्लाङको विजयी सुरुवात

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ११ शुक्रबार १९:५१:oo

दक्षिणकाली युवा क्लब र चित्लाङ युवा क्लबले काठमाडौं जिल्लास्तरीय नकआउट लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । 

काठमाडौंको सानो गौचरनमा भएको उद्घाटन खेलमा संयुक्त नमुना युवा क्लबलाई दक्षिणकाली युवा क्लबले २–० ले हराउँदै  तीन अंक जोडेको छ । दिनको दोस्रो खेलमा चित्लाङ युवा क्लबले अनुशासित ब्वाइज क्लबलाई २–० ले हरायो ।  

तेस्रो खेलमा १–१ को बराबरी खेल्दै सानो गौचरन युवा क्लब र विआर ब्रदर्शले समान एक अंक जोडेका छन्। यसअघि उद्घाटन काठमाडौं जिल्ला फुटबल संघका सदस्य रुद्रबहादुर मल्ल र प्रशिक्षक देवेन्द्र शाहीले रेफ्रीलाई बल हस्तान्तरण गर्दै गरेका थिए । 

काठमाडौं जिल्ला फुटबल संघको आयोजनामा चलिरहेको प्रतियोगितामा विभिन्न १३ टोली सहभागी छन् ।