मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लक्ष्मण खनाल
२०७६ जेठ ११ शनिबार ०९:५८:००
Read Time : > 1 मिनेट
प्रवास

जो मजदुरबाट मालिक भए 

Read Time : > 1 मिनेट
लक्ष्मण खनाल
२०७६ जेठ ११ शनिबार ०९:५८:००

नेपालीका लागि वैदेशिक रोजगारीको राम्रो गन्तव्यमध्येको देश हो संयुक्त अरब इमिरेट्स(युएई) । अहिले युएईमा करिब चार लाख नेपाली भएको अनुमान गरिन्छ । यहाँको बालुवामा वर्षौँदेखि पसिना बगाउने कोही सफल व्यवसायी बने, कोही स्वदेशमा लगानी गर्ने उद्देश्य बोकेर नेपाल फर्किए । कोही दुःख पाएर पनि फर्किए । आफ्नो मेहनत र इमान्दारीले ओम उप्रेती भने मजदुरबाट मालिक बने ।

चितवनस्थित खैरेनी नगरपालिका–१२ का ओम नौ सन्तानमध्येका सातौँ हुन् । परिवारमा आर्थिक अभाव थियो । त्यही अभावले उनलाई काम खोज्न बाध्य बनायो । आठ वर्षकै उमेरमा घरबाट भागेर वीरगन्ज पुगे । त्यहाँ काम गरेबापत उनी दैनिक दुई रुपैयाँ ज्याला पाउँथे । त्यो कमाइ पर्याप्त थिएन । उनी घर फर्किएर पढ्न थाले ।

उनी १२ वर्षको उमेरमा काठमाडौं पुगे । काम गर्दै पढ्न थाले । घरमालिक असल भएकाले बिहान बेलुका काम गरेर दिउँसो स्कुल जान पाउँथे । १२ जनालाई खाना बनाउनुपथ्र्याे । यसरी कक्षा ८ सम्म पढे । कक्षा ९ पुगेपछि होटेलमा काम गर्न थाले । त्यसरी नै एसएलसी गरे । 

एसएलसीपछि उनी वैदेशिक रोजगारीका लागि युएई पुगे । त्यतिवेला १७ वर्षका थिए । यहाँ अमेरिकन गार्मेन्ट्स कम्पनीमा ‘अफिस ब्वाई’ भए । 

एसएलसीपछि उनी वैदेशिक रोजगारीका लागि युएई पुगे । त्यतिवेला १७ वर्षका थिए । यहाँ अमेरिकन गार्मेन्ट्स कम्पनीमा ‘अफिस ब्वाई’ भए । त्यहाँ काम गर्दागर्दै केही नयाँ गर्ने चाहना भयो । जागिर परिवर्तन गर्ने सोचे । 

अमेरिकन गार्मेन्ट्समा काम गर्न थालेको युएईमा नै होटेलमा काम गर्न पुगे । होटेल क्षेत्रमा नै काम गर्दा होटेलको स्विमिङ पुलमा रेस्क्यु गर्ने गार्डका रूपमा काम गर्ने अवसर मिल्यो । त्यहाँ विभिन्न तालिमहरू लिने अवसर पाए । प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी तालिम पनि लिए । त्यसपछि उनको जिन्दगीले नयाँ मोड लियो । उनी रेस्क्यु सुपरभाइजरसम्म भए । त्यस क्रममा अन्तर्राष्ट्रिय चेन होटेल मिलेनियम युएईको प्रसिद्ध प्रोपर्टी कम्पनी नखिलमा काम गर्ने अवसर पाए ।

सन् २०१४ मा उनले प्राथमिक स्वास्थ्यसम्बन्धी काम गर्नका लागि आफ्नै लगानीमा डिस्कबरी रोयल स्पोर्टस् नामको कम्पनी खोले । व्यवसायलाई व्यवस्थित बनाउन लन्डनको म्यानचेस्टर र लिभरपुल सिटीमा गएर तालिम लिए । अहिले उनको कम्पनी अन्तर्राष्ट्रिय सम्बन्धन (आइएसओ) प्राप्त छ ।

उनीसँग अहिले ५० कामदार छन् । उनीहरू सबै नेपाली नागरिक हुन् । भविष्यमा नेपालमा नै गएर व्यावसायिक र सामाजिक जीवन जिउने उद्देश्य छ । नेपालमा पनि युएईको कम्पनी डिस्कबरी रोयल स्पोर्टस्को नाममा कम्पनी दर्ता छ । त्यसलाई छिट्टै चलाउने ओमले बताए । 

उनी वेला वेलामा नेपाल जाने गर्दछन् । ‘च्यारिटी फस्ट एड फर नेसन’ नामक अभियान चलिरहेको छ । यस अभियानले नेपालका विभिन्न जिल्लामा प्राथमिक उपचारसम्बन्धी निःशुल्क तालिम दिइरहेका छन् । अहिलेसम्म नेपालका २६ जिल्लामा तालिम दिइसकेका छन् । नेपालका ७७ वटै जिल्लामा निःशुल्क प्राथमिक स्वास्थ्य तालिम दिने बताउँछन् ।