१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ११ शुक्रबार
  • Friday, 27 September, 2024
तस्बिर : पाेष्टराज अधिकारी/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज ११ शुक्रबार १६:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुलेखानी बाँध भरिने अवस्थामा, नदीकिनाराका बस्तीमा बाढीको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ११ शुक्रबार १६:५६:oo

गृह मन्त्रालयले कुलेखानी बाँधभन्दा तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। बाँध भरिन लागेको जानकारी दिँदै मन्त्रालयले सिस्नेरी हुँदै बागमती नदीकिनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने चेतावनी दिएको छ।

‘कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुन सक्ने देखिएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदीकिनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको छ,’ मन्त्रालयले भनेको छ।

सम्बन्धित पालिकाका स्थानीय विपत् व्यवस्थापन समितिहरूलाई सुरक्षित स्थानको पूर्वतयारी गर्न आग्रह गर्दै मन्त्रालयले ‘हाइएलर्ट’ बस्न भनेको छ।

‘कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनुहुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरूसमेत हाइएलर्टमा बस्नुहुन अनुरोध गरिन्छ,’ मन्त्रालयले भनेको छ।

यसैबिच, इन्द्रसरोवर गाउँपालिकाले वडा नं. २ र ३ सहित कुलेखानी खोलाआसपासका बस्तीहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।