मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ जेठ ११ शनिबार ०९:५८:००
Read Time : < 1 मिनेट
सप्तरंग

सलमानलाई चंगेज खानको बायोपिक गर्ने रहर

Read Time : < 1 मिनेट
२०७६ जेठ ११ शनिबार ०९:५८:००

सलमान खान अहिले फिल्म भारतलाई लिएर चर्चामा छन् । फिल्म ५ जुनमा इदको अवसरमा रिलिज हुँदै छ । फिल्मका सबै कलाकार प्रमोसनमा जुुटेका छन् । बलिउडमा अचेल ऐतिहासिक तथा बायोपिकमा फिल्म बन्ने लहर नै छ । सलमानले पनि ऐतिहासिक फिल्ममा काम गर्ने इच्छा रहेको बताएका छन् । 

उनले आफूलाई कुनै ऐतिहासिक फिल्मको अफर भयो भने आफूले चंगेज खानको भूमिका निभाउन चाहेको बताए । यसको मतलब उनलाई बायोपिक खेल्न खासै अप्ठ्यारो छैन । अहिले भने उनी ‘भारत’को रिलिजको प्रतीक्षामा छन् । 

भारतको ट्रेलर र गीत खुब रुचाइएको छ । फिल्ममा एकपटक फेरि कटरिना कैफ सलमानको अपोजिटमा देखिँदै छिन् ।  साथै, फिल्म दबङ ३ लाई लिएर पनि चर्चा भइरहेको छ । फिल्ममा एकपटक फेरि सोनाक्षी सिन्हा मुख्य भूमिकामा देखिँदै छिन् । फिल्मको सुटिङ पनि सुरु भइसकेको छ ।