मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ जेठ ११ शनिबार ०९:४६:००
Read Time : < 1 मिनेट
सप्तरंग

कानपुरमा आयुष्मान र भूमि 

Read Time : < 1 मिनेट
२०७६ जेठ ११ शनिबार ०९:४६:००

गत वर्ष रिलिज भएको फिल्म ‘अन्धाधुन’ र ‘बधाई हो’ को सफलतापछि हिन्दी फिल्मको नयाँ स्टारमा गनिएका आयुष्मान खुराना अहिले कानपुरमा छन् । कानपुरमा आयुष्मानले फिल्म आर्टिकल १५ को सुटिङ पूरा गरे र फेरि कानपुरमै अर्को फिल्म बालाको सुटिङ गर्नेछन् । 

फिल्म बालामा हिरोइन भूमि पेडनेकर छिन् । उनीहरू दुवै सुटिङका लािग कानपुर पुगेका हुन् । आयुष्मान खुराना र भूमि पेडनेकरलाई अनस्क्रिन जोडीका रूपमा खुब रुचाइएको छ । उनीहरूका दुई फिल्म ‘दम लगा के हइसा’ र ‘शुभ मंगल सावधान’ हिट भएका थिए । यो हिट जोडी ‘स्त्री’ फिल्मबाट चर्चामा आएका निर्देशक अमर कौशिकको फिल्म बालाका लागि कानपुर पुगेका हुन् । फिल्मको सुटिङ २५ मेबाट हुँदै छ ।