मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ १० शुक्रबार १३:४६:००
Read Time : < 1 मिनेट
समाचार

दरबार हाईस्कुलको मुख्य भवन निर्माण सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १० शुक्रबार १३:४६:००

भूकम्पले ध्वस्त बनाएको काठमाडौंको जमलस्थित दरबार हाईस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न गरिएको छ । 

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको सो हाईस्कुलको मुख्य भवनको शुक्रबार एक कार्यक्रमका बीच चीनका लागि नेपाली राजदुत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भूकम्पले ध्वस्त बनाएको सो दरबार हाईस्कुलको मुख्य भवनको निर्माणको कार्य १० महिना भित्रै सम्पन्न गरिएको सो विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिए ।

४६ कोठा रहेको सो चार तले भवनको फिनिसिङको काम भने ४ महिना भित्र सम्पन्न गर्ने लक्ष्य सो भवनको निर्माण कार्यमा संलग्न चीनको एससीजी कम्पनीले लिएको छ । २० महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी १८ श्रावण, ०७५मा सो दरबार हाईस्कुलको निर्माण कार्य सुरु गरिएका थियो । तर तोकिएको समयभन्दा अघि नै मुख्य भवनको निर्माण कार्य सम्पन्न भएको पनि सो विद्यालयका प्रधानाध्यापक महतोले बताए ।

नेपालका लागि चीनका राजदुत यान्छीले चीन सरकारले नेपालको भूकम्पपछिको पुनर्निर्माणको कामलाई उच्च महत्वका साथ अघि बढाएको जानकारी दिइन् । उनले सो दरबार हाईस्कुलको मुख्य भवनको बाँकी काम पनि छिट्टै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

२०१० सालमा स्थापना भएको दरबार हाईस्कुल नेपालको पहिलो आधुनिक हाईस्कुल हो । १२, वैशाख ०७२ मा आएको विनाशकारी भूकम्पले सो विद्यालयको भवन ध्वस्त बनाएपछि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भईरहेकोे हो । आगामी मंसिर भित्र नयाँ भवनमै पठनपाठन सुरु गर्ने पनि प्रधानाध्यापक महतोले बताए ।