१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १६:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण ताेकिएकै समय सम्पन्न गर्न सरकारलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १६:४०:००

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जनताको न्यायोचित मागलाई तत्काल सम्बोधन गरी काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम ताेकिएकै समय भित्र सम्पन्न हुनेगरी प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । 

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले खोकना र बुङमतीका जनताको जग्गाको मुआब्जा, स्थानीय सम्पदाहरुको संरक्षण गर्नुपर्ने लगायतका न्यायोचित माग तत्काल सम्बोधन गरी सो दू्रतमार्ग निर्माण कार्य समयमै सम्पन्न गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, रक्षा मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

जनताको न्यायोचित मागलाई तत्काल सम्बोधन गरी द्रर्तमार्ग निर्माणको कामलाई तोकिएकै मितिमा सम्पन्न गर्न सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् । खोकनामा सो द्रुतमार्गको कामलाई अघि बढाउन एकीकृत योजना तय गर्न पनि सरकारलाई सचेत गराइएको छ । समितिकी सभापति श्रेष्ठले राष्ट्रिय गौरवको सो द्रूतमार्ग निर्माण कार्यलाई प्रभावकारी बनाउने गरी अन्तर मन्त्रालय समन्वयमा जोड दिन सरकारको ध्यानाकर्षण गराइन् ।

समितिले खोकनाका जनताको माग सम्बोधन गर्न ढिलो भएमा यसले विकराल रुप लिन सक्नेतर्फ पनि सरकारलाई सचेत गराएको छ । स्थानीय जनताको मागलाई सरकारले उच्च प्राथमिकता दिएर सम्बोधन नगरे सो द्रूतमार्ग निर्माण हुन नदिन षडयन्त्र हुन सक्नेतर्फ समितिकी सभापति श्रेष्ठले बताइन् ।

करिब एक खरब १६ अरब लागत अनुमान गरिएको सो दू्रतमार्गको निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । बैठकमा समितिका सदस्यहरुले सो दू्रतमार्गको निर्माण लागत बढन नदिन सरकारको ध्यानाकर्षण गराएका छन ।