मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
करन ताम्राकार
२०७६ जेठ १० शुक्रबार १०:४५:००
Read Time : < 1 मिनेट
प्रदेश

बजेट आएपछि बन्न थाले अधुरा सडक

Read Time : < 1 मिनेट
करन ताम्राकार
२०७६ जेठ १० शुक्रबार १०:४५:००

बजेट अभावमा अल्पत्र परेका डडेल्धुरा र डोटीका ६ वटा प्रादेशिक सडकको कालोपत्रे गर्ने कार्य सुरु भएको छ । संघीय सरकार मातहत निर्माण भइरहेका बहुवर्षीय प्रादेशिक सडक सुदूरपश्चिम प्रदेश सरकार मातहतमा आए पनि बजेट नआउँदा डडेल्धुरा र डोटीका साना ठूला गरी ३४ सडकको निर्माणकार्य अलपत्र थियो ।

कुल दायित्व रकम एक अर्ब २८ करोडमध्ये २८ करोड रुपैयाँ उपलब्ध भएपछि डोटी डडेल्धुराका ३४ मध्ये ६ वटा बहुवर्षीय प्रादेशिक सडक कालोपत्रे  गर्ने काम सुरु भएको पूर्वाधार विकास इकाइ कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले वताए । 

डडेल्धुराको उग्रतारा–मेलौली, बुडर–जोगबुढा, डोटीको बुडर–जोरायललगायत  ६ वटा सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । संघीय सरकारवाट डडेल्धुरा र डोटीमा साना ठूला गरी ३४ सडकको  प्रदेश सरकारमा दायित्व हस्तान्तरण गरेको छ । बाँकी २८ सडकको म्याद सकिएकाले प्रक्रिया पूरा गरेर छिट्टै काम सुरु हुने पूर्वाधार विकास  कार्यालयका कार्यालय प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए ।