मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ जेठ १० शुक्रबार १०:०८:००
Read Time : < 1 मिनेट
प्रदेश

रसुवामा पहिलोपटक जलयात्राको सफल परीक्षण

Read Time : < 1 मिनेट
२०७६ जेठ १० शुक्रबार १०:०८:००

रसुवामा पहिलोपटक गत मंगलबार जलयात्रा (र्‍याफ्टिङ) सञ्चालन परीक्षण गरिएको छ । रसुवाको उत्तरगया गाउँपालिकाको खाल्डेदेखि नुवाकोटको विदुर नगरपालिका– १० भैँसेसम्म जलयात्रा गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै जलयात्राको नयाँ गन्तव्यका रूपमा विकास गर्न जलयात्राको परीक्षण गरिएको बताइएको छ । रसुवा–नुवाकोट पर्यटन समाज र रसुवाको उत्तरगया गाउँपालिकाले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

काठमाडौंबाट नजिकको दूरीमा यात्रा गर्न सकिने र नदीको बहाव पनि बढी भएकाले यो स्थान साहसिक जलयात्रीहरूका लागि उपयुक्त रहेको नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले बताए । उनले भने, ‘काठमाडौंबाट नजिकको दूरीमा रहेकाले पनि साहसिक जलयात्रीहरूका लागि यो स्थान निकै उपयुक्त हुने देखिन्छ ।’

उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले सडक यातायातको पहुँच पुगेको करिब तीन किलोमिटरको दूरीमा जलयात्रा गर्न सकिने बताए । साहसिक जलयात्रा गर्न रुचाउने पर्यटहरू ल्याउन सके रसुवा र नुवाकोट दुवै जिल्लाको आर्थिक विकासमा पनि सहयोग पुग्ने रसुवाबाट प्रतिनिधिसभाका सदस्य रहेका मोहन आचार्यले बताए ।