मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ जेठ १० शुक्रबार ०७:५४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

निको हुन्छ बाइपोलार डिसअर्डर

Read Time : > 1 मिनेट
२०७६ जेठ १० शुक्रबार ०७:५४:००

बाइपोलार डिसअर्डर एकप्रकारको मानसिक समस्या हो । यो समस्या हुने बिरामीमा कहिले अत्यन्तै धेरै खुसी हुने त कहिले अत्यन्त दुःखी हुने समस्या हुन्छ । यो समस्या हुँदा मुडमा आकस्मिक बदलाव आउने गर्छ । मानिसको ऊर्जामा कहिले अत्यधिक बढी त कहिले अत्यन्त न्यूनता पाइन्छ । जुन सामान्य होइन । यो एक गम्भीर प्रकारको मानसिक समस्या हो, जसले मानिसलाई आत्महत्या गर्न समेत उत्प्रेरित गर्न सक्छ ।

 कारण
बाइपोलार डिसअर्डर एउटै कारणले हुन्छ भन्ने छैन । यसमा धेरै कारणले भूमिका खेलेको हुन्छ । यद्यपि, शोध–अनुसन्धानले वंशाणुगत, न्युरोट्रान्समिटर तथा हार्मोनको असन्तुलनको कारणले यो समस्या हुने पाइएको छ । साथै तनाबको वातावरणले गर्दा पनि बाइपोलार डिसअर्डर हुन सक्छ ।

 लक्षण
अत्यधिक प्रसन्नता (म्यानिक)को चरण

  •  आवश्यकभन्दा धेरै आत्मविश्वास हुन्छ । उसले संसारमा सबैभन्दा माथि म छु भन्ने सोच्छ ।
  • धेरै खुसी व्यक्त गर्न मन लाग्ने । 
  • धेरै योजना बनाउने, तर व्यावहारिक नहुने । 
  • रातभर जाग्राम बस्न सक्ने ।
  • धेरै बोल्ने र छिटो–छिटो बोल्ने ।
  • सही र गलत छुट्याउन नसक्ने ।
  • चुनौतीपूर्ण वा खतरा हुन सक्ने काम 
  • गर्न खोज्ने ।
  • डिप्रेसनको चरण
  • धेरै दुःखी, निरास, खाली अनुभव गर्ने ।
  • सामाजिक वा कुनै पनि कुरामा क्रियाशील नहुने ।
  • निद्रामा गडबढी, कि धेरै कि कम निद्रा लाग्ने ।
  • कि अत्यधिक धेरै खाने कि कम खाने ।
  • भविष्यका लागि सधैँ चिन्तित देखिने ।
  • खुसीको वातावरणमा पनि उदास हुने ।
  • तौलमा घटबढ भइरहने ।
  • मृत्यु वा आत्महत्याकोे कुरा सोचिराख्ने ।

रोकथाम र उपचार
बाइपोलार डिसअर्डरको समस्या भएको मानिस पूर्ण रूपमा निको हुन सक्दैन भन्ने आमधारणा छ । तर, नियमित रूपमा मनोचिकित्सकसँगको सल्लाहमा औषधि सेवन गर्ने र मनोविद्सँग परामर्श गर्ने गरेमा यो समस्या निको हुन सक्छ । 
तसर्थ, चिकित्सकको सल्लाहमा नियमित औषधिको सेवन गर्ने ।

  • मनोविद्सँग नियमित परामर्शका साथै थेरापी लिने ।
  • एक्लै नबस्ने, सकभर साथीहरूसँग बस्ने तथा सामाजिक कार्यमा संलग्न हुनु राम्रो हुन्छ ।
  • दैनिक व्यायाम गर्नुपर्छ ।
  • दैनिक ध्यान, योग, प्राणायामको बानी बसाल्नु राम्रो हुन्छ ।
  • परिवारले पनि आत्मविश्वास र 
  • उत्प्रेरणा  दिनुपर्छ ।