१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ९ बिहीबार २०:०९:००
Read Time : < 1 मिनेट
अर्थ

राष्ट्रिय वाणिज्य बैंक र सिटी एक्सप्रेसबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ९ बिहीबार २०:०९:००

राष्ट्रिय वाणिज्य बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिटेन्स सेवा सुरु भएको छ । दुई बैंकको सम्झौता पश्चात सिटी एक्सप्रेसबाट स्वदेशी तथा विदेशी रेमिटान्स, राष्ट्रिय वाणिज्य बैंकको जुनसुकै शाखाबाट निकाल्न सकिने व्यवस्था गरिएकाे छ । 

दुई बैंकको सम्झौता भएसँगै ग्राहकहरुले सहज र सुलभ रुपमा रेमिटान्स कारोबार गर्न सक्नेछन् । गत ६ जेष्ठमा एक कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष (ट्रेजरी) प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले सम्झौतामा हस्ताक्षर गरेका थिए । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नै पहिचान बनाउँदै आएको छ । बिगत १२ वर्षदेखि विश्वका जुनसुकै ठाउँबाट रेमिट सेवा दिँदै आएको सिटी एक्सप्रेसले ७ हजारभन्दा बढी एजेन्टमार्फत रकम भुक्तानी गर्दै आएको छ ।