मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७६ जेठ ९ बिहीबार १९:१८:००
Read Time : < 1 मिनेट
समाचार

विद्यालयको छतबाट हाम फाल्दा छात्रको मृत्यु 

Read Time : < 1 मिनेट
रासस
२०७६ जेठ ९ बिहीबार १९:१८:००

विद्यालयको छतबाट हाम फाल्दा एक विद्यार्थीको मृत्यु भएको छ । अर्को एक विद्यार्थी गम्भीर घाइते भएका छन् । 

बाराको पचरौता नगरपालिका–१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ८ कक्षामा अध्ययनरत १५ वर्षीय सरोज साहको मृत्यु भएको हो । हाम फाल्दा १४ वर्षीया छात्रा गम्भीर घाइते भएकी छन् । दुवै जनाले विद्यालयको तेस्रो तलाको छतबाट हाम फालेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिए । 

साहको वीरगञ्ज नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । छात्राको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । 

मृत फेला
त्यस्तै बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी टोलमा घाँटी काटिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ । 
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार ६० वर्षीय परीक्षण महरा चमार आफ्नै घरमा मृतावस्थामा फेला परेका हुन् । शव परीक्षणका लागि कलैया अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।