मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ पौष १४ शनिबार ०७:२७:००
Read Time : > 1 मिनेट
समाचार

जंगलमै सड्दै अर्बौँ मूल्यको काठ

सरकारले काठमा आत्मनिर्भर हुने बताए पनि गत वर्ष साढे चार अर्बको काठ आयात

Read Time : > 1 मिनेट
२०७५ पौष १४ शनिबार ०७:२७:००

वन मन्त्रालयले वार्षिक रूपमा १६ लाख क्युफिट काठ निकाल्ने गरेको छ । दाउराका रूपमा १२ सय ६३ चट्टा निकाल्ने गरेको वन तथा भूसंरक्षण विभागले जनाएको छ । तर, केही समययता सरकारले नियमित रूपमा काठ निकाल्न नसक्दा अर्बौँ मूल्यको काठ जंगलमै कुहिएको छ । नेपाली काठ जंगलमै रहँदा व्यवसायीहरूले भने विदेशबाट काठ आयात गर्दै आएका छन् । वन मन्त्रालयले काठमा आत्मनिर्भर हुने अवधारणा ल्याए पनि गत वर्ष मात्र वार्षिक साढे चार अर्बको काठ र काठजन्य सामग्री विदेशबाट आयात भएको छ । 

टिम्बर कर्पोरेसनका चार काठ मिल बन्द
अर्बौँ मूल्यका काठ जंगलमै कुहिए पनि सरकारकै स्वमित्वमा सञ्चालन भएको द टिम्बर कर्पोरेसनका आठमध्ये चार काठ मिल बन्द भएका छन् । नियमित काठ आर्पूिर्त नहुँदा २० देखि २५ लाख रुपैयाँमा स्थापना भएका काठ मिल बन्द हुन 
पुगेका हुन् । 

स्वदेशमै भएको काठ जंगलबाट आउन छाडेपछि मिल बन्द गर्नुपरेको द टिम्बर कर्पोरेसन अफ नेपालका महाप्रबन्धक राजु लौडारीले बताए । ‘हामीलाई वर्षौँदेखिका काठलाई कुहाएर राखेको आरोप लगाइन्छ,’ लौडारीले भने, ‘तर, मिलमा काठ नहुँदा बन्द गर्नुपरेको छ । म महाप्रबन्धक भएर आएपछि सबै काठ बिक्री गरिसकेकाले यस्तो अवस्था आयो ।’ काठ नपाउँदा गत वर्षदेखि मिल बन्द हुन थालेको उनले बताए ।

टिम्बर कर्पोरेसनले सालको काठलाई ग्रेडिङ गरेर बिक्री गर्दै आएको छ भने अरू काठलाई स्तरअनुसार फरक–फरक मूल्य तोकेर बिक्री गर्दै आएको छ । सालको काठलाई प्रतिक्युफिट ए ग्रेडको काठलाई एक हजार, बी ग्रेडको काठलाई आठ सय र सी ग्रेडको काठलाई पाँच सय रुपैयाँमा बिक्री गर्दै आएको छ । तर, अरू रूखको काठलाई स्तर हेरेर प्रतिक्युफिट तीन सयदेखि आठ सय रुपैयाँसम्म बिक्री गर्दै आएको छ । 

यी हुन् बन्द भएका काठ मिल 
चितवनको भरतपुरमा भएको काठ मिल गत वर्षको जेठ महिनामा बन्द भएको हो । मकवानपुरको हेटौँडाको असोजदेखि, पर्साको वीरगन्ज र नवलपरासीको डण्डामा राखिएको मिल गत मंसिरदेखि बन्द भएको द टिम्बर कर्पोरेसनले जनाएको छ । 

कति छ टिम्बर कर्पोरेसनमा काठ ?
गत मंसिर मसान्तसम्मको द टिम्बर कर्पोरेसनको तथ्यांकअनुसार कुल दुई लाख ३५ हजार ४ सय ३५ दशमलव १९ क्युफिट मौज्दात छ । जसमा साल एक लाख ८६ हजार ३ सय ८८ दशमलव ४० क्युफिट, खयर १२ हजार ९ सय ५३ दशमलव ९० क्युफिट, सिसौ ४ हजार ७ सय १६ दशमलव १ क्युफिट र अन्य ३१ हजार ३ सय ७६ दशमलव ८८ क्युफिट काठ छ । बाँकेको शमशेरगन्जमा ५ हजार ६ सय ४८ दशमलव ७० क्युफिट काठ मौज्दात छ ।