Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ९ बिहीबार १३:५१:००
Read Time : < 1 मिनेट
समाचार

अन्तिम परिणाम सार्वजनिक नहुँदै प्रधानमन्त्री ओलीले दिए मोदीलाई ‘बधाई’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ९ बिहीबार १३:५१:००

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जितका लागि बधाई दिएका छन् । 

प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो ट्वीटमार्फत बधाई दिएका हुन् । ‘सान्दार जितका लागि हार्दिक बधाई’ दिँदै आगामी दिनमा सहकार्यका लागि समेत आफू आशावादी रहेको उल्लेख गरेका छन् । 

भारतीय लोकसभा निर्वाचनको मतगणना बिहीबार बिहान सुरु भएको छ । मोदीको नेतृत्वमा रहेको नेसनल डेमोक्रेटिक एलाइन्सले बहुमत स्थानमा अग्रता लिएको छ, तर अन्तिम परिणाम भने राती मात्र सार्वजनिक हुने छ । 

यो ट्वीटपछि बधाई दिन हतार गरेको भन्दै कतिपय ट्वीटर प्रयोगकर्ताले प्रधानमन्त्री ओलीलाई व्यंग्य र आलोचना पनि गरेका छन् ।