१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
डा. मोहन शर्मा
२०७६ जेठ ९ बिहीबार ०९:०८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

के हाे मस्तिष्कघात अर्थात् ब्रेनस्ट्रोक ?

Read Time : < 1 मिनेट
डा. मोहन शर्मा
२०७६ जेठ ९ बिहीबार ०९:०८:००

सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात् ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश बिरामीलाई पक्षाघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ । ब्रेनस्ट्रोक हुँदा टाउकोको एकापट्टिको भागमा प्यारालाइसिस हुने, मुख बांगिने, बेहोस हुने, आँखा नदेख्ने आदि हुन्छ । मस्तिष्कको पूरै भागबाट रक्तसञ्चार बन्द भएमा मानिसको मृत्युसमेत हुन्छ । 

  •  जसलाई जोखिम

जुनसुकै उमेरका मानिसमा पनि मस्तिष्कघात वा पक्षाघातको खतरा हुने गर्छ । यद्यपि, गर्भनिरोधक चक्की सेवन गरिरहेका महिला, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीमा यसको जोखिम बढी हुन्छ । 

  •  लक्षण

ब्रेन स्ट्रोक हुँदा एक्कासि बेहोस हुने हुन्छ । अन्य समस्याका कारण बेहोस हुँदा मानिस एकैछिनमा आफैँ ठीक हुन्छ । तर, स्ट्रोक हुँदा लामो समयसम्म बेहोस हुने अर्थात् होसमै नआउने हुन्छ । अचानक मुख बांगिने, प्यारालाइसिस हुने, कमजोर महसुस हुने, एक्कासि आँखा नदेख्ने यसका मुख्य लक्षण हुन् । 

  •  कारण

ब्रेन स्ट्रोक हुनुका विभिन्न कारण छन् । अत्यधिक धूम्रपान गर्नु, बढी तनावयुक्त जीवन जिउनु आदि कारणले यसको जोखिम हुने गर्छ । 

 उपचार

  • ब्रेन स्ट्रोक भएमा सकेसम्म छिटो उपचार गरिसक्नुपर्छ । जति छोटो समयमा उपचार गर्न सकियो, त्यति नै उपलब्धिमूलक हुन्छ ।
  • मस्तिष्कमा रगत भरिँदै गएको भए उपचार गर्न अझ हतार गर्नुपर्छ । रक्तसञ्चार बन्द भएर पक्षाघातको स्थिति आएमा ३ घन्टाभित्रमा अस्पताल पुर्‍याइसक्नुपर्छ । 
  • रोगको अवस्था हेरेर शल्यक्रिया वा औषधि सेवनबाट यसको उपचार सम्भव छ । यद्यपि, नेपालका अधिकांश अस्पतालमा न्युरो सर्जन छैनन् । यो आवश्यकता पूर्ति गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।

डा.शर्मा त्रिवि शिक्षण अस्पतालका न्युरो सर्जन हुन् ।