मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ८ बुधबार १८:३०:००
Read Time : < 1 मिनेट
विश्व

यी अर्बपतिले तिर्दैछन् चार सय विद्यार्थीको अर्बौं शैक्षिक ऋण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ८ बुधबार १८:३०:००

अमेरिकाका एक धनाढ्याले एउटा कक्षाका सबै चार सय विद्यार्थीको अर्बौैं रुपैंया शैक्षिक ऋण तिरिदिने घोषणा गरेका छन् ।

अर्बपति रोबर्ट स्मिथले एटलान्टाको मोरहाउस कलेजको एउटा कक्षाका सबै विद्यार्थीको ऋण तिरिदिने घोषणा गरेका हुन् । स्मिथ सफ्टवेयर, डाटा तथा प्रविधिका अन्य क्षेत्रमा काम गर्ने भिस्टा इकवीटी पार्टनर नामक कम्पनीका सिइओ र संस्थापक हुन् ।

मोरहाउस कलेजमा अश्वेत छात्रहरुले पढ्न पाउँछन् । आफ्नो परिवार अमेरिका आएको आठ पुस्ता भएको र आफ्नो समुदायको नयाँ पुस्ताका लागि यति योगदान गर्न सक्षम भएको बताउँदै यो ऋण तिरिदिने घोषणा गरेका हुन् ।