१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ८ बुधबार १०:३७:००
Read Time : < 1 मिनेट
प्रदेश

डेढ लाख नगदसहित  ६ जुवाडे पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ८ बुधबार १०:३७:००

प्रहरीले पोखराबाट एक लाख ५२ हजार पाँच सय २५ रुपैयाँसहित ६ जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई पुरुष र चार महिला रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

सादा पोसाकमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–७ मासबारबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा–३ नदीपुरका ५७ वर्षीय पुर्णबहादुर गुरुङ, पोखरा–५ का ३९ वर्षीय ठाकुर गुरुङ, पोखरा–७ की ३७ वर्षीया प्रेमकुमारी गुरुङ, ३५ वर्षीया मीना पुन, ४० वर्षीया संगीता गुरुङ र पोखरा –१५ का ३६ वर्षीया मुना गुरुङ छन् । मुना गुरुङले डेरा लिई जुवातास खेलाउने गरेको प्रहरीको भनाइ छ ।