मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
डा. सागर रिमाल जनरल सर्जन नेपाल नेसनल अस्पताल
२०७६ जेठ ८ बुधबार ०८:४६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

ग्यास्ट्रिकबाट बच्न खानपानमा ख्याल गरौं

Read Time : < 1 मिनेट
डा. सागर रिमाल जनरल सर्जन नेपाल नेसनल अस्पताल
२०७६ जेठ ८ बुधबार ०८:४६:००

पेटमा हुने एकप्रकारको इन्फेक्सनलाई अम्लपित्त अर्थात् ग्यास्ट्राइटिस भनिन्छ । हाम्रो पेटमा एक किसिमको एसिड (अम्ल) उत्पादन हुन्छ, जसले खाना पचाउनेदेखि खानासँगै पेटमा गएका ब्याक्टेरियालाई मार्नेसम्मको काम गर्छ । यदि पेटमा अम्ल उत्पादन बढी भएमा त्यसले तन्तु जलाउँछ । जसलाई सामान्य भाषामा ग्यास्ट्रिक भएको भनिन्छ । 

हुने कारण

  • ग्यास्ट्रिक हुनुको प्रमुख कारण खानपानमा गडबडी नै हो । जे पायो त्यही खाने, कहिले धेरै खाने वा खाना नै नखाने, बढी मसालेदार खाना खाने गर्नाले ग्यास्ट्रिक हुने गर्छ ।
  • त्यस्तै, धेरै तारेको खानेकुरा खाने गर्नाले पनि ग्यास्ट्रिक हुने सम्भावना बढी हुन्छ । 
  • फास्टफुड र जंकफुडको अत्यधिक सेवनबाट समेत ग्यास्ट्रिकको समस्या हुन्छ । 
  • दीर्घरोगका लागि सेवन गरिने कतिपय औषधि पनि ग्यास्ट्रिकको कारक हुन सक्छ । खासगरी पेनकिलर बढी खाएमा ग्यास्ट्रिक हुन्छ । 
  • सुर्तीजन्य पदार्थ, लागुपदार्थ र मदिरा सेवनका कारणसमेत ग्यास्ट्रिक हुन्छ । 
  • कहिलेकाहीँ तनावका कारणले समेत यस्तो समस्या देखिन्छ । पेटको र खाद्यनलीको क्यान्सरले पनि ग्यास्ट्रिक हुने गर्छ ।  

बच्ने उपाय

  • समयमा खाना खाने वा सन्तुलित आहार गर्ने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।  
  • यसबाहेक अत्यधिक चिल्लो, पिरो र अमिलो खानेकुरा नखाने अर्थात् साधारण खानाको सेवनले ग्यास्ट्रिक हुनबाट बचाउँछ ।  
  • रक्सी, चुरोटजस्ता पदार्थको सेवन नगर्ने र चिकित्सकको सल्लाहमा मात्र पेनकिलर खाने गर्नाले यसबाट बच्न सकिन्छ ।