मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
रासस
२०७६ जेठ ७ मंगलबार १४:५५:००
Read Time : < 1 मिनेट
समाचार

सविधान संशोधन र लाल प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग 

Read Time : < 1 मिनेट
रासस
२०७६ जेठ ७ मंगलबार १४:५५:००

प्रतिनिधिसभाको मंगलबार भएको बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा)ले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

बैठकको सुरुमै पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गरे। राजपाले यस अघि पनि प्रतिवेदन सार्वजनिक गर्दै बैठक अवरद्ध गरेपछि सभामुखबाट  दुई पटक रुलिङ  भइसकेको छ । 

‘नेपाली जनताको सार्वभौम अधिकार प्राप्त संसद् र सभामुखको रुलिङलाई सबैले मान्नुपथ्र्यो,’ यादवले भने, ‘सभामुखबाट दुई पटक रुलिङ भइसके पनि सरकारले प्रतिवेदन सार्वजनिक गर्न नमान्नु दुःखद हो ।’ 

संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउन आवश्यक रहेको बताउँदै उनले माग सम्बोधन नगरिए आगामी संसद्को  बैठक अवरोध हुनसक्ने चेतावनी दिए ।

प्रतिनिधिसभाको बैठकको सुरुमै राजपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले नेता यादवलाई बोल्न समय दिएका थिए ।

यादवले बोलेपछि सभामुख महराले राजपाले उठाउँदै आएको माग सम्बोधन गर्न सरकारको पुनः ध्यानाकर्षण गराए ।