मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रकाश धौलाकोटी
२०७५ पौष १३ शुक्रबार १७:३९:००
Read Time : < 1 मिनेट
समाचार

तेर्हथुममा वर्षापछि हिमपात

Read Time : < 1 मिनेट
प्रकाश धौलाकोटी
२०७५ पौष १३ शुक्रबार १७:३९:००

वर्षासँगै तेह्रथुम र संखुवासभामा हिमपारत सुरू भएकाे छ । शुक्रबार मध्यान्हबाट हिमपात सुरु भएपछि तीनजुरे मिल्के जलजले क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेकाे छ । यो क्षेत्रमा यस वर्षकाे पहिलाे हिमपात भएकाे हाे । दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको छ ।

तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्के लगायतका क्षेत्र हिउँले ढाकिएका छन् । पछिल्लो दशकसम्म हिमपात नभएका तेह्रथुमका बसन्तपुर, जिरिखिम्ती, लसुने, घुर्मिसे, सिमिनाक्सी लगायत क्षेत्रमा पनि हिमपात भएको छ । 

चौकीदेखि माथिको क्षेत्रमा दिउँसोबाट दूई फिट हिमपात भएको गुफाबजारस्थित गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक हिमा खनालले बताइन् । हिउँ खेल्न धनकुटा र धरानदेखि सयौँको संख्यामा पर्यटक पुगेका छन् ।   

हिमपात पछि बढेकाे चिसाले सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । चिसो बढेपछि दर्जनौँ सरकारी र गैरसरकारी कार्यालयका कार्यक्रमहरु स्थगित भएका छन् ।