मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका
२०७६ जेठ ६ सोमबार १७:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

विधेयकले स्वतन्त्र प्रेसलाई कुण्ठित गरेको छ : भिम रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ६ सोमबार १७:२१:००

नेकपाका नेता भिम रावलले मिडिया काउन्सिल विधेयकमा छलफल आवश्यक रहेको बताएका छन् । काठमाडौंको एक साक्षात्कार कार्यक्रममा सोमबार उनले नेपाल पत्रकार महासंघलगायत सरोकारवाला पक्षले विरोध गरेको हुँदा विवादित विषयमा अनिवार्य छलफल गनुपर्ने बताएका हुन् ।

अध्ययन गर्दा विधेयकमा भएको व्यवस्था संविधानमा भएको प्रेस स्वतन्त्रताको व्यवस्थालाई अतिक्रमण गर्ने जस्तो देखिएको उनले बताए । विधेयकका कारण प्रेस स्वतन्त्रता र सूचना प्रवाहमा अंकुश लाग्ने अवस्था र संचारकर्मीका अधिकार कुण्ठित गर्न नहुनेमा सबै सचेत हुनुपर्ने उनले बताए । 

सरकारले वैशाख अन्तिम साता संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकमा दर्ता गरेको थियो । विधेयकमा भएका प्रावधानले स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै पत्रकार महासंघ आन्दोलनमा उत्रिएको छ ।