मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७६ जेठ ६ सोमबार १७:१३:००
Read Time : < 1 मिनेट
विश्व

सिरियामा हवाई आक्रमण, दश सर्वसाधारणको मृत्यु 

Read Time : < 1 मिनेट
रासस
२०७६ जेठ ६ सोमबार १७:१३:००

सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा रुसको नेतृत्वमा सिरियाली शासकले गरेको हवाई आक्रमणमा परी कम्तीका १० सर्वासधारण मारिएका छन् ।

मारिएका व्यक्तिहरुमा पाँच बालबालिका रहेका एक मानव अधिकार समूहले सोमबार जानकारी दिएको छ । रुसले इद्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि नै हवाई आक्रमण भएको थियो । 

सरकारी सुरक्षा बल र जिहादी समूहबीच भएको भीषण झडपपछि सो हवाई आक्रमण भएको सिरियाली अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । 

इद्लिब प्रान्तको कफ्रान्बेल शहरमा रुसको नेतृत्वमा भएको यस हवाई आक्रमणमा परी पाँच बालबालिका, चार महिला र एक पुरुषको मृत्यु भएको अब्जरभेटरीले जानकारी दिएको छ । 

यस शहरमा रहेको अस्पतालनजिकै सो हवाई आक्रमण भएको बेलायतआवद्ध मानव अधिकार समूह सिरियाली अब्जरभेटरी फर ह्युम्यान राइट्सले बताएको छ ।

हवाई आक्रमणबाट पाँच ओटा घरहरु ध्वस्त र क्षतिग्रस्त भएको एएफपी एक समाचारदाताले जनाएका छन् ।

सिरियामा सन् २०११ को मार्चमा सरकारको विरोध गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुँदै गयो ।

सिरियामा जारी द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौको सङ्ख्यामा घाइते भएका छन् भने लाखौ व्यक्ति सिरियाभित्र र छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।