मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७६ जेठ ५ आइतबार १९:३४:००
Read Time : < 1 मिनेट
विश्व

ट्रम्पमाथि महाअभियोग लगाउन आफ्नै पार्टीका सांसदको माग

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ जेठ ५ आइतबार १९:३४:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउन उनकै पार्टी रिपब्लिकनका सांसद जस्टिन अमासले माग गरेका छन् । ट्रम्पमाथि महाअभियोग लगाउनुपर्ने आधार देखिएकाे भन्दै उनले यस्तो माग गरेका हुन् ।

महाअभियोग माग गर्ने उनी पहिलो रिपब्लिकन हुन् । उनले रोबर्ट मुलरको प्रतिवेदनलाई आधार बनाउँदै यस्तो माग गरेका हुन् । सन् २०१६को राष्ट्रपति निर्वाचनलाई प्रभावित गर्न रसियासँग सहकार्य गरेको विषयमा अनुसन्धान गरी मुलर नेतृत्वको आयोगले प्रतिवेदन तयार गरेको थियो ।

प्रतिवेदनमा ट्रम्प र रसियाबीच सहकार्य भएको स्पष्ट प्रमाण नपाइए पनि अनुसन्धानलाई प्रभावित गर्न ट्रम्पले राज्यशक्ति प्रयोग गरेको र अनुचित दबाव दिएको उल्लेख छ ।

ट्रम्पले तथ्यहरु लुकाउन खोजेको पनि प्रतिवेदनमा उल्लेख छ । यी आधारमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने अमासको तर्क छ । यसअघि एलिजावेथ वारेन लगायत डेमोक्रेट्स पार्टीका नेताहरुले ट्रम्पमाथि महाअभियोगको माग गरिसकेको छन् ।