१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ५ आइतबार १०:२२:००
Read Time : < 1 मिनेट
साहित्य

साढे ३ हत्या बजारमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ५ आइतबार १०:२२:००

रूपक अधिकारीको उपन्यास ‘साढे ३ हत्या’ शनिबार सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्याय, साहित्यकार सरोज घिमिरे, रेडियोकर्मी अच्युत घिमिरे, गीतकार उत्तम भौकाजीलगायतले पुस्तक विमोचन गरे । 

विमोचनपछि उपाध्यायले साहित्ययात्रामा पहिलो पाइला चालेका उपन्यासकारलाई बधाई तथा शुभकामना दिए । सिस्नुपानी नेपालका सचिवसमेत रहेका सरोज घिमिरेले उपन्यासको नाममा हिंसा झल्किए पनि त्यसले युवावर्गमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताए ।

यस्तै, रेडियोकर्मी अच्युत घिमिरेले लेखकको पहिलो उपन्यास भए तापनि भाषाशैलीबाट आफू प्रभावित भएको बताए । उनले आगामी दिनमा पनि उत्कृष्ट साहित्य सिर्जनालाई निरन्तरता दिन आग्रह गरेका थिए । गीतकार उत्तम भौकाजीले लेखक आफ्ना विद्यार्थी पनि रहेको र उनको उपन्यासले पाठकमा प्रभाव छाड्ने विश्वास व्यक्त गरे । एडिबी पब्लिकेसनले उपन्यास बजारमा ल्याएको हो ।