मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १५:२७:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्, 'निषेधित क्षेत्र ताेड्ने पत्रकारलाई प्रहरीले सलाम गर्दैन'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १५:२७:००

फोटो पत्रकार वर्षा शाह राष्ट्रपति कार्यालय बाहिरबाट गिरफ्तार गरेको घटनाकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दर अर्यालले बचाउ गरेका छन् । उनले ट्विट मार्फत सरकारकाे बचाउ गरेका हुन् । अर्यालले राष्ट्रपतिकाे समय नलिइ निषेधित क्षेत्रमा खेलाैना कार राखेर फाेटाे खिच्न खाेज्नेलाई सुरक्षाकर्मीले सलाम नगर्ने उल्लेख गरेका छन् । 

'अफवाह नफैलाऔं। समय नै नलिइ राष्ट्रपति कार्यालमा ज्ञापनपत्र बुझाएरै छाडने ढिपी गर्नेलाई अरु देशमा के गरिन्छ?कानुनवमोजिम तोकिएको निषेधित क्षेत्रमा खेलौना कार राखेर तस्वीर उतार्ने छविकारलाई सुरक्षाकर्मीले सलाम गर्दैनन, सोधखोज गर्न केहीबेर रोक्छन', उनले ट्विट गरेका छन् । 

अफवाह नफैलाऔं। समय नै नलिइ राष्ट्रपति कार्यालमा ज्ञापनपत्र बुझाएरै छाडने ढिपी गर्नेलाई अरु देशमा के गरिन्छ?कानुनवमोजिम तोकिएको निषेधित क्षेत्रमा खेलौना कार राखेर तस्वीर उतार्ने छविकारलाई सुरक्षाकर्मीले सलाम गर्दैनन, सोधखोज गर्न केहीबेर रोक्छन।# responsible journalism

— Kundan Aryal (@TheRealKalamchi) 14 December 2018

अर्यालकाे ट्विट पश्चात् फाेटाेपत्रकार शाहले पत्रकार पक्राउकाे घटनामा अर्यालले गरेकाे सरकारकाे बचाउप्रति आश्चर्य व्यक्त गरिन् । 'राष्ट्रपति कार्यलयकाे प्रेस सल्लाहकार हुँदाहुँदै प्रधानमन्त्रीकाे सल्लाहकारले घटनाकाे बचाउ गर्नु दुखद छ' ,उनले भनिन् । शाहले प्रधानमन्त्रीका प्रेस सल्लाहकार स्वयमले पत्रकारिताकाे मुल्य विपरित अभिव्यक्ति दिनु लज्जास्पद भएकाे प्रतिक्रिया दिइन् ।  

शाहलार्इ सर्वसाधारणसँग एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रुपमा गाडी पुर्‍याउन पुगेको समूहको फोटो खिच्दै गर्दा बिहीबार अपराह्न नियन्त्रणमा लिइएको थियाे । पक्राउ गर्ने क्रममा महिला प्रहरीकाे नङले उनकाे घाँटीमा चाेट लागेकाे छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्याल रत्नराज्यलक्ष्मी  क्याम्पसमा अध्यापन गर्छन् । उनले पत्रकारितामा पिएचडी गरेका छन् । पत्रकारितामा लामाे समय विताएका अर्याल स्वयम्ले पत्रकार गिरफ्तार हुँदा सरकारकाे पक्षपाेषण गरेकाेमा पत्रकारहरूले विराेध गरिरहेका छन् ।