मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष १३ शुक्रबार ०६:०४:००
Read Time : < 1 मिनेट
अर्थ

सिद्धार्थ बैंकका ग्राहकलाई शुभेक्षा इन्टरनेसनलमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १३ शुक्रबार ०६:०४:००

सिद्धार्थ बैंक र काठमाडौंको सीतापाइलामा रहेको शुभेक्षा इन्टरनेसनल हस्पिटलबीच सहकार्य भएको छ ।सहकार्यसँगै बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, कार्डवाहक तथा कार्डवाहकका परिवार र बैंकका सम्पूर्ण ग्राहकवर्गले शुभेक्षा अस्पतालको स्वास्थ्य सेवामा ४० प्रतिशतसम्म छुट पाउनेछन् ।

सिद्धार्थ बैंकका प्रमुख पेमेन्ट सलुसन्स सुरेशराज महर्जन र शुभेक्षा इन्टरनेसनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृृत होमप्रसाद अधिकारीले हस्ताक्षर गरेका हुन् । कर्मचारी तथा ग्राहकले बैंकको डेविट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा छुट उपभोग गर्न सक्ने बताइएको छ ।

सिद्धार्थ बैंकले हाल देशभर १२९ शाखा, ९९ शाखारहित बैंकिङ सेवा, १३९ एटिएम र ११०० भन्दा बढी पिओएस मेसिनमार्फत बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।