मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ ३ शुक्रबार २०:१०:००
Read Time : < 1 मिनेट
साहित्य

प्रशासक पनेरुको उपन्यास ‘सेतो याक’ सार्वजनिक  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ३ शुक्रबार २०:१०:००

प्रशासक केदार पनेरूको ‘सेता याक’ उपन्यास शुक्रबार सार्वजनिक भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पनेरूको यो पहिलो उपन्यास हो । 

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काठमाडौंमा आयोजित एक कार्यक्रममा उपन्यास सार्वजनिक गरेका हुन् । उनले जटिल अवस्थामा समेत समायोजनको काम सफल बनाउँदै उपन्यास रचना गर्न सकेको बताउँदै लेखकको प्रशंसा गरे ।

उपन्यासकार पनेरूले पुस्तक सार्वजनिक गर्दै भने, 'कर्मचारी जीवनमा रसुवा बस्दा देखेको परिस्थितिलाई उपन्यासमा समावेश गरेको छु ।' उनले थपे, ‘कामको सिलसितामा सरुवा पुगेँ, त्यहाँको विकट गाउँ पुग्दा जनजीवन विशेष परिस्थितिको पाएँ । यसलाई उपन्यासबाहेक अरू कुनैमा समेट्न नसक्ने थियो ।'

उपन्यासको समीक्षा गर्दै पूर्वअर्थमन्त्री एवं साहित्यकार शंकर कोइरालाले उपन्यासको विषयवस्तु रोचक रहेको बताए । यस्तै, कार्यक्रममा बोल्दै आख्यानकार तथा साहित्यकार उमा सुवेदीले भूकम्पमा तहसनहस भएको तामाङ बस्तीका महिलाको सबललाई उपन्यासमा समेटिएको बताइन् । 

उपन्यास विमोचनमा मुख्य सचिव लोकदर्शन रेग्मी, लोकसेवा आयोगका सदस्य श्रीपुरुष ढकाललगायतले उपन्यासको बारेमा टिप्पणी गरेका थिए ।