मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ३ शुक्रबार १३:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

स्थानीयकाे अवरोधपछि धरहरा निर्माणको काम अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ३ शुक्रबार १३:३५:००

स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ । 

धरहरा वरपरका स्थानीयले पैदलमार्ग खुलाउनुपर्ने माग अझै पूरा नभएको भन्दै शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी दिए । हालसम्म घरहरा निर्माणको करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको छ । 

स्थानीयले विगत ६ महिनादेखि आवातजावतमा सहज बनाउन पैदलमार्ग खुलाउनुपर्ने माग धराहरा निर्माण समितिसँग गर्दै आएको थियो । उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दवाव दिँदै आएका छन । 

यता, धराहरा निर्माण समितिले धराहरा वरपरका स्थानीयको पैदल मार्ग खुलाउने माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसँग छलफल भइरहेको र आजै उक्त विषयमा आवश्यक निर्णय हुने जनाएको छ । पुरातत्वविद् राजुमान मानन्धरले हुलाक कार्यालय र काठमाडौं मलको बीचका पैदल मार्ग खुलाएर स्थानीयको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री कार्यालयसँग आवश्यक छलफल भइरहेको बताए । 

धराहरा निर्माण प्रोजेक्टका म्यानेजर श्रेष्ठले सुरक्षाको दृष्टिकोणले पैदल मार्गलाई रोकेर निर्माण कार्यलाई अघि बढाउनु परेको बताउँदै स्थानीयको मागलाई तत्काल सम्बोधन गरी धरहरा निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता जनाए ।