Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
ज्ञानु पंगेनी
२०७५ पौष १३ शुक्रबार १०:४०:००
Read Time : < 1 मिनेट
प्रदेश

लागुऔषधसहित दुई पक्राउ 

Read Time : < 1 मिनेट
ज्ञानु पंगेनी
२०७५ पौष १३ शुक्रबार १०:४०:००

नवलपरासी पूर्वको इलाका प्रहरी कार्यालय दुम्किबासले बिहीबार साँझ ठूलो परिमाणमा  लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिनयीत्रिवेणी गाउँपालिका १ बेशक्यामस्थित पूर्वपश्चिम राजमार्गमा खटीएको प्रहरी टोलीले पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको यु पी ५६ क्यू ६२६८ नम्बरको भारतीय मोटरसाईकल चेकजाँच गर्दा लागुऔषद्य फेला पारेको हो ।

लागुऔषधसहित मोटरसाईकलमा सवार नवलपरासी पश्चिमको सरावल गाउँपालिका ७ का २१ वर्षीय ईमामुद्धिन अली र गैडाकोट नगरपालिका २ का २० वर्षीय मन्जित क्षेत्रीलाई प्हरीले नियन्त्रणामा लिएको छ ।क्षेत्रीले पाइन्टको दुवै गोजीमा र पेटमा सेतो टेपले बाँधेर लागुऔषध ल्याइएको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट नाईट्रोभेट दुई सय सात ट्याब्लेट, फेनेरागन ६ एम्पुल, डाईजोपाम ६८ एमपुल, ग्लेनकफ १०० एमएलको दुई बोतल, स्प्यारिड दुई सय ५२ टुयाब्लेट र ईप्पल ६८ एम्पुल बरामद गरिएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धाको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा ल्याइएको प्रहरीले जनाएको छ ।