१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ जेठ २ बिहीबार ०९:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

ठूला विश्वविद्यालयमा राष्ट्रपति सानामा उपराष्ट्रपति कुलपति

विश्वविद्यालयका पदाधिकारीका लागि नयाँ योग्यता र मापदण्ड सिफारिस

Read Time : > 1 मिनेट
२०७६ जेठ २ बिहीबार ०९:०१:००

ठूला विश्वविद्यालयको कुलपतिमा राष्ट्रपति र साना विश्वविद्यालयको उपकुलपति उपराष्ट्रपति हुने व्यवस्था गर्न सिफारिस भएको छ । शिक्षा मन्त्रालयले विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले कुलपति प्रधानमन्त्री हुने ब्यवस्था परिवर्तन गरी राष्ट्रपति र उपराष्ट्रपति राख्न सिफारिस गरेको हो ।

कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ । मंगलबार बुझाएको प्रतिवेदनमा साना विश्वविद्यालयसहित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपराष्ट्रपति कुलपति हुने व्यवस्था गर्न सिफारिस गरेको छ । सबै विश्वविद्यालयको समन्वयका लागि सहकुलपतिमा शिक्षामन्त्री नै हुनुपर्ने कार्यदलले सिफारिस गरेको छ ।

कार्यदलको सिफारिस कार्यान्वयन गर्न विश्वविद्यालयका ऐन तथा नियम संशोधन गर्नुपर्ने मन्त्रालयका अधिकारीको भनाई छ । प्रधानमन्त्री व्यस्त हुने र सबै विश्वविद्यालयलाई समय दिन कठिन हुने भएकाले कुलपतिमा राष्ट्रपति र उपराष्ट्रपति सिफारिस गरेको कार्यदलका एक सदस्यले बताए । शिक्षा मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालको संयोगकत्वमा मन्त्रालयले कार्यदल गठन गरेको थियो । 


कार्यदलले कुलपति, सहकुलपति, सेवा आयोगका अध्यक्ष, रेक्टर, रजिस्ट्रार, डिन र कार्यकारी निर्देशकलाई पदाधिकारी मानेर नियुक्तको मापदण्ड र आधार सिफारिस गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘सिफारिस गरेको मापदण्ड कार्यान्वयन भएमा प्रतिस्पर्धामा आधारित नियुक्ति हुने र योग्य व्यक्ति आउनुका साथै पारदर्शिता कायम हुनेछ ।’

उपकुलपतिका लागि तीन चरण पार गर्नुपर्ने

कार्यदलले उपकुलपति छनोटका लागि विस्तृत मापदण्ड तयार पारेको छ । उपकुलपतिका लागि तीन चरणको प्रक्रिया पूरा गर्नुपर्ने मापदण्ड तय भएको छ । विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन उपकुलपति नियुका लागि न्यूनतम योग्यता, अनुभव र मापदण्ड तथा त्यसबापत प्राप्त हुने अंक भारसमेत कार्यदलले प्रस्ताव गरेकोे छ ।

 उपकुलपतिमा नियुक्तिको सिफारिस गर्न बहालवाला उपकुलपतिको कार्यकाल समाप्त हुनुभन्दा कम्तीमा ६ महिनाअगावै विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा सात सदस्यीय सर्च कमिटी गठन गर्न सिफारिस गरेको छ । उपकुलपति पदका लागि सम्भाव्य उम्मेदवारले पेस गरेको कार्ययोजना मूल्यांकनका लागि छुट्टै विज्ञ समिति गठन गर्नसमेत प्रस्ताव गरिएको छ । 

पेस भएका कार्ययोजनाको मूल्यांकन गर्न सर्च कमिटीले विज्ञहरूको कार्यदल गठन गर्नेछ । कार्यदलले पेस भएका कार्ययोजनाको मूल्यांकन गरी उत्कृष्टताका आधारमा तीनजनाको नाम सहकुलपतिमार्फत कुलपतिसमक्ष पेस गर्नुपर्नेछ । सिफारिस उम्मेदवारमध्येबाट सर्वोत्कृष्ट योग्यता प्राप्तलाई कुलपतिबाट उपकुलपतिमा नियुक्त गरिने व्यवस्था गर्न सुझाब दिइएको छ । प्रथम चरणको छनोट सूचीमा सूचीकृत हुन न्यूनतम ७० प्रतिशत प्राप्तांक ल्याएका उम्मेदवारमध्ये बढीमा सातजनाको नाम सार्वजनिक रूपमा प्रकाशित गर्नुपर्ने सिफारिस कार्यदलको छ । 

 शिक्षाध्यक्ष छनोटका आधार र मापदण्ड 
शिक्षाध्यक्षका लागि तल्लो तहमा अनुभवप्राप्त व्यक्तिलाई नियुक्त गर्दा उपयुक्त हुने कार्यदलले सिफारिस गरेको छ । डिन, सहायक डिन वा केन्द्रीय विभागको विभागीय प्रमुखका रूपमा पूरा एक कार्यकाल काम गरेको अनुभवप्राप्त व्यक्ति मात्र विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा नियुक्ति हुन सक्ने व्यवस्था गर्न उपयुक्त हुने सिफारिस कार्यदलको छ । शिक्षाध्यक्षसभा तथा उपकुलपतिप्रति उत्तरदायी र जवाफदेही हुने व्यवस्था गर्न सिफारिस गरिएको छ । शिक्षाध्यक्षको छनोटका लागि कुलपतिले उपकुलपतिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने र सिफारिसका आधारमा नियुक्त गर्नुपर्ने सुझाव छ । 

रजिस्ट्रार छनोटका आधार र मापदण्ड 
विश्वविद्यालयको रजिस्ट्रार पद प्राज्ञिकभन्दा पनि आर्थिक तथा सामान्य प्रशासनसँग सम्बन्धित भएकाले छनोटका आधारलाई व्यवस्थापकीय दक्षता र क्षमतासँग सम्बन्धित गरेको छ । रजिस्ट्रार छनोटका लागि कुलपतिले विश्वविद्यालयका उपकुलपतिको संंयोजकत्वमा शिक्षाध्यक्षसहित पाँच सदस्यीय समिति गठन गरी छनोट गर्न उपयुक्त हुने सिफारिस कार्यदलको छ ।