मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडाैं
२०७६ जेठ १ बुधबार २१:४३:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडाैंमा युवतीमाथि एसिड प्रहार

Read Time : < 1 मिनेट
काठमाडाैं
२०७६ जेठ १ बुधबार २१:४३:००

काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । 

बुधबार साँझ करिब साढे सात बजे एसिड प्रहार हुँदा २० वर्षीय जेनी खड्का गम्भीर घाइते भएकी छन् । एसिड प्रहार गरेको आरोपमा काभ्रेका ३८ वर्षीय विष्णु भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रमुख डिएसपी रविन्द्रनाथ पौडेलले बताए ।

युवतीकाे किर्तीपुर हस्पिटल (नेपाल क्लेफ्ट एण्ड वर्न सेन्टर)मा उपचार भइरहेको छ । 

युवतीकाे अनुहार, दुबै हात र छातीमा क्षति पुगेकाे प्रहरी प्रवक्ता हाेविन्द्र बाेगटीले जानकारी  दिए । बाेगटीका अनुसार उनीहरू श्रीमान श्रीमती हुन् । पुरूषले केही वर्ष अघि भगाएर ल्याएकाे र एक वर्ष देखी उनीहरूकाे सम्बन्ध राम्राे नभएकाले युवती छुट्टै बस्दै आएकी थिइन् । कालाेपुलमा बस्दै आएकी युवतीलाई बाहिर बाेलाएर साँझ एसिड प्रहार गरेकाे बाेगटीले जानकारी  दिए । 

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।