मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ जेठ १ बुधबार २१:४०:००
Read Time : < 1 मिनेट
प्रदेश

संघीयता जनताको सबैैभन्दा सस्तो प्रणाली : मुख्यमन्त्री गुरुङ

Read Time : < 1 मिनेट
२०७६ जेठ १ बुधबार २१:४०:००

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीयता जनताको सबैभन्दा सस्तो प्रणाली भएको बताएका छन् । 

घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका १० पाण्डवखानीले आयोजना २५६३औं बुद्ध जयन्ती तथा वैशाखे पूर्णिमा मेलाको उद्घाटन गर्दै उनले जनतालाई सदरमुकाम र केन्द्रसम्म धाउनुपर्ने बाध्यता हटेको बताएका छन् । गुरुङले देशमा संघीयता लागु भएसँगै जनताले ठूलो राहत महशुस गरेको बताए । ‘गण्डकी प्रदेश सरकारले आगामी दिनमा तीन सय घरबास सञ्चालन गर्ने लक्ष्य छ,’ उनले भने । 

गुरुङले गलकोट क्षेत्र कला र संस्कृतिसँगै प्राकृतिक रुपमा स्रोत र साधनले धनी रहेकाले यस क्षेत्रको विकासको निम्ती प्रदेश सरकारको नीति तथा कार्यक्रममा नै समावेश गरी अगाडी बढाउने बताए । उनले स्रोत, साधन र संस्कृतिले भरिएको क्षेत्रमा आफु आफैमा आत्मनिर्भर भइ आर्थिक रुपान्तरण गर्न जरुरी रहेको बताए । गुरुङले गरिबी नियन्त्रणका लागि शिक्षा हासिल गरेको प्रमाण–पत्र मात्र नभएर सीप हासिल भएको हुनुपर्ने धारण राखे ।

उनले भारत र चिनसँग जोडिएका कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले आर्थिक विकासमा ठूलो टेवा पु¥याउने बताए । ‘लोकमार्ग र करिडोर यस क्षेत्रका मुख्य मेरुदण्ड हुन्,’  गुरुङले भने, ‘प्रदेश सरकार आसपासका क्षेत्रको विकासका लागि योजना ल्याउने छ ।’