१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ जेठ १ बुधबार २०:४५:००
Read Time : < 1 मिनेट
समाचार

जिल्ला प्रशासनद्वारा सेवाग्राहीलाई निःशुल्क चियाकफी

Read Time : < 1 मिनेट
२०७६ जेठ १ बुधबार २०:४५:००

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुधबारबाट कार्यालयमा आउने सेवाग्राहीहरुलाई निःशुल्क चिया र कफी खुवाउन सुरु गरेको छ । 

प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले सेवा सुभारम्भ गरे । कार्यालय परिषरमा सेवाग्राहीहरुलाई बस्नका लागि गोलघर पनि निमार्ण गरेको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ रानाले प्रत्येक महिनाको सुरुवातमा केही नयाँ काम गर्ने उद्देश्यले यस महिनादेखि निःशुल्क चिया र कफी सेवा तथा बगैँचा सुरु गरेको बताए । 
केही समय अघि कार्यालयले सुरु गरेको पुस्तकालयमा पत्रपत्रिका तथा आफुसँग भएका पुस्तक सहयोग गर्न पत्रकाहरुसँग आग्रह गरेका थिए । निःशुल्क चिया र कफी सेवा तथा बगैँचा स्थापनामा सहयोग अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवाल र नमुना एकिकृत विकास परिषदको अध्यक्ष ज्ञानु पौडेलले गरेका थिए । कार्यालयले यस भन्दा अघिनै सेवाग्राहीका लागि प्रथामिक उपचार केन्द्र, पुस्तकालय, टोकन प्रणाली, चिसो र तातो पानीलगायतका सुविधाहरु सुरु गरिसकेको छ ।